४ जेष्ठ २०८१, शुक्रबार

एमाले उपाध्यक्षमा ओलीकै टिम निर्वाचित



नेकपा (एमाले) को उपाध्यक्षमा केपी शर्मा ओलीकै टिम निर्वाचित भएको छ।

मंगलबार भएको निर्वाचनमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेय, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा निर्वाचित भएका छन्। उपाध्यक्षमा उम्मेदवार बनेका घनश्याम भुसाल पराजित भएका छन्।

पछिल्लो मतगणना अनुसार, शाक्यले १९७६, पाण्डेले १९२५, नेम्बाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र थापाले १७६८ मत पाएका छन्। भुसालले ७२५ मत पाएका छन्। अब थोरै मत गणना गर्न मात्रै बाँकी रहेको आयोगले जनाएको छ। निर्वाचनमा २०९६ मत खसेका थिए।

एमाले केन्द्रीय निर्वाचन आयोगले उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्न बाँकी छ।



प्रतिक्रिया दिनुहोस !