१७ बैशाख २०८१, सोमबार

लालबाबु पण्डित काठमाडौं पुगे महाधिवेशनस्थल छाडेर



 

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं पुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।

पण्डित बिहानको खाना खाएर काठमाडौं फर्किएका थिए । उनका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्किएका बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !