डिभोर्समा पत्नीले १ करोड मागेपछि पतिले गरे आत्महत्या
एजेन्सी। डिभोर्समा पत्नीले १ करोड मागेपछि युवाले आत्महत्या गरेको हुन सक्ने अनुमान स्कुटीको डिक्कीमा भेटिएको नोटले जनाएको छ ।
डिभोर्सका लागि पत्नीले १ करोड रुपैयाँ मागेपछि पतिले आत्महत्या गरेका छन् । यो घटना भारतको मध्यप्रदेश स्थित खरगोनमा भएको हो ।
त्यहाँको ४० फिट उचाइको नर्मदा पुलबाट हाम फालेर युवकले आत्महत्या गरेको बताइएको छ । आत्महत्या गर्नुपूर्व युवकले भिडियो बनाएर पत्नी र ससुरालीले एक करोड भारतीय रुपैयाँ मागेको आरोप लगाएको बताइएको छ ।
बिहीवार अजय द्विवेदी स्कुटरमा आफ्नो साथीसँगै ओमकारेश्वर गइरहेका थिए । त्यसैबखत नर्मदा पुलबाट उनी हामफालेको बताइएको छ ।
शनिवार शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको स्कुटीको डिक्कीमा सुसाइडड नोट भेटिएको बताएका छन् ।