४ मंसिर २०८१, मंगलवार

कसरी अनुहार र छालाको चमक बढाउने घरेलु टिप्स यस्तो छ ?



काठमाडौं । हामि सबै जनालाई राम्रो बन्न मन हुन्छ । सुन्दर बन्न हामी बिभिन्न थरीका मेकअपको प्रयोग गर्ने गर्दछौ । तर सधै सुन्दर र जवान देखिनका लागि स्वास्थ्य जीवनशैली आवश्यक हुन्छ ।

अनुहार चम्काउन मानिसहरु सौन्दर्यमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय घरेलु सामग्रीले अनुहारको छाला चमक बढाउछ ।

शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, कपालमा समेत देखिन्छ । त्यस्तै आज हामी सुन्दर बन्नका लागि केही घरेलु टिप्स बारे चर्चा गर्नेछौ ?

  • पुदिनाको रसमा चन्दन, गुलाबजल मिलाएर मिश्रण बनाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने र त्यसपछि धोएमा यसले दाग हटेर अनुहारमा चमक आउँछ ।
  • मह र चियाको पानीको मिश्रणलाई अनुहारमा प्रयोग गरे अनुहार चम्किलो हुन्छ ।
  • सुन्तला र दहीको लेप वनाएर अनुहारमा प्रयोग गरे गोरोपन बढ्दछ ।
  • वेसार, वेसन, दुधको,केही थोपा कागतीको रस र महको मिश्रण वनाएर अनुहारमा १५ मिनेटसम्म लगाई आइस फेसियल गरेमा अनुहारको सुन्दरता बढ्दछ ।
  • २ चम्चा सोयाविन आटा, एक ठूलो चम्चा दही र मह मिसाइ बनको मिश्रणलाई १५ मिनेट अनुहारमा लगाएर सफा गरेमा अनुहार सुन्दर देखिन्छ ।
  • पिसेको ताजा अमलामा दुध हालेर त्यसमा आधा चम्चा गुलाबजल राखेर अनुहारमा हल्का मालिस गरेमा अनुहारको मुलायम हुनुको साथै चमक समेत बढ्दछ ।
  • फेस प्याकलाई दही वा सुन्तला, टमाटर वा अन्य फलसँग मिलाएर अनुहारमा लगाएमा छाला नरम एवम् मुलायम हुन्छ ।



प्रतिक्रिया दिनुहोस !