२९ बैशाख २०८१, शनिबार

आज कति जनालाई लाग्यो कोरोना ?



काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ।

 



प्रतिक्रिया दिनुहोस !