नेपाली काँग्रेस (वी पी) ले पृथ्वी जयन्ती मनाउँदै
काठमाडौं । नेपाली काँग्रेस (वी पी) ले राष्ट्रिय एकता तथा पृथ्वी जन्यति पौष २७ गते भव्यताका साथ मनाउने भएको छ ।
विभिन्न स-साना राज्यहरु एकीकरण गरि नेपाल राज्यको निर्माण गरेका राजा पृथ्वीनारायाण शाहको जन्मदिनलाई राष्ट्रिय एकता तथा पृथ्वी जन्यतिको रुपमा मनाउने गरिएको थियो ।
देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गए पछी भने सरकारीस्तरबाट राष्ट्रिय एकता तथा पृथ्वी जन्यतिमा खासै कुनै औपचारिक कार्यक्रम हुदैन उक्त दिन दिदै आएको सार्वजनिक बिदा भनि कटौती गरिएको छ ।
नेपाली काँग्रेस (वी पी) को पौष ७ गतेको बैठकमा राष्ट्रिय एकता तथा पृथ्वी जन्यतिक आफ्नो व्यानर र झण्डा सहित मनाउने निर्णय भएको आज कार्यालय सचिव सुशीलराज वाग्ले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
राष्ट्रिय एकता तथा पृथ्वी जन्यतिकका दिन शान्तिवाटिका, रत्नपार्क काठमाडौंमा बिहान ११:३० बजे भेला भएर जुलुस सहित मनाउने तय भएको कार्यालय सचिव वाग्लेले जानकारी दिए ।
कार्यालय सचिव वाग्लेद्वारा जारी विज्ञप्तिमा पार्टीका नेताकार्यकर्ताहरु विभिन्न संघ-संस्था, नागरिक अभियान्ता, राजनैतिक दल, नागरिक समाज, लेखक, पत्रकार, कलाकार, बुद्धिजीवी, विद्यार्थी, किसान, सबैमा आफ्नो व्यानर वा राष्ट्रिय झण्डा सहित उपस्थिति हुन आह्वान गरिएको छ ।