२७ बैशाख २०८१, बिहीबार

सेक्स कतिपटक र कुन समयमा गर्दा राम्रो ?



एजेन्सी। महिला, पुरुष दुवैको जीवनमा सहवासको निकै महत्व छ। धेरै मानिसको मनमा शारीरिक सम्बन्ध कुन समयमा र कतिपटकसम्म गर्ने भन्ने प्रश्न हुन्छ।

सेक्सलाई लिएर धेरै मिथक पनि बनाइएका छन्। यो विषयमा मानिस खुलेर कुरा गर्दैनन्। जसले गर्दा मनमनै थुप्रै धारणा बन्छन्। धेरै मानिसले एक रातमा कतिपटक सेक्स गर्दा शरीरलाई असर गर्दैन भन्ने बारेमा पनि सोचिरहेका हुन्छन्।

धरै मानिस सेक्स गर्दा त्यसको असर स्वास्थ्यमा परिरहेको ठान्छन्। तर, यो कुरामा कुनै सत्यता छैन। सेक्स मानिसका लागि आवश्यक क्रिया मध्येको एक हो। शारीरिक सम्बन्धलाई पनि एक प्रकारको एक्सरसाइज मानिन्छ। सेक्स गर्नु शारीरिक रूपमा मात्र नभइ मानसिक रूपमा पनि राम्रो हो।

एक रातमा कतिपटकसम्म शारीरिक सम्बन्ध राख्ने भन्ने विषय सम्बन्धित दम्पतिमा निर्भर हुनेगर्छ। जोकोहीको स्वास्थ्य एकै किसिमको हुँदैन। कुनै व्यक्तिको स्वास्थ्य तन्दुरुस्त हुन्छ त कुनै व्यक्तिको स्वास्थ्य त्यति तन्दुरुस्त हुँदैन।

कतिपय अवस्थामा पुरुष एकपटक शारीरिक सम्बन्ध राख्दा थाक्नेगर्छन्। यस्तो अवस्थामा उनीहरूले दोस्रो पटक शारीरिक सम्बन्ध राख्नु हुँदैन। किनकी उनीहरू निकै थाक्नसक्छन्। र, यस्तो अवस्थामा उनीहरूको स्वास्थ्यमा असर पर्नसक्छ।

केही महिला एकपटक शारीरिक सम्बन्ध राख्दा सन्तुष्ट हुन सक्दैनन्। र, उनीहरूले दुईरतीन पटक सेक्सको चाहना गर्छन्। त्यस्तो बेलामा कति पटक सेक्स गर्दा मेरो श्रीमतिलाई सन्तुष्ट पार्नसक्छु भन्ने चिन्ता हुनसक्छ।

यदि मनमा कौतोहलता भए चिकित्सकसँग परामर्श लिन सकिन्छ। किनकी डाक्टरले तपाईको स्वस्थ्य अवस्था अनुसारको परामर्श दिनसक्छन्। कुनै मानिसमा स्वासप्रस्वास सम्बन्धि बिरामी भए चाडै थकान लाग्न सक्छ। त्यस्ता व्यक्तिले धेरै शारीरिक सम्बन्ध राख्नु हुँदैन। यस्ता मानिसले धेरै सेक्स गरे थुप्रै स्वास्थ्य समस्या झेल्नुपर्ने हुनसक्छ।

बिहे गरेको सुरुवाती महिनामा मानिसले एक रातमा धेरैपटक सेक्स गर्छन्। बिस्तारै त्यो क्रम घट्दै जान्छ। तर, सेक्सका बारेमा जेजस्ता धारण भए पनि दुबैको सल्लाह र आवश्यकता अनुसार रातमा जति पटक पनि सेक्स गर्न सकिन्छ।

विशेषज्ञका अनुसार कुनै पनि मानिसको कामइच्छा उसको उमेर अनुसार हुन्छ। कुनै मानिस २० वर्ष र कुनै मानिस ५० वर्षको छ भने उनीहरूको सेक्स चाहना फरक हुन्छ। २० वर्ष उमेर भएको व्यक्ति ५० वर्षको मानिसकोभन्दा धेरै सेक्स गर्नसक्छ। एक अध्ययनका अनुसार सुरुवा धेरै सेक्स गरिने भए पनि उमेर बढ्दै गएपछि हप्तामा दुईदेखि चारपटकसम्म सेक्स गर्ने गरेको अध्ययनले देखाएको छ।

एक पटक नै सेक्स गर्दा राम्रो हुन्छ भन्ने कुनै नियम छैन । त्यसैले, यौन साथिको चाह र आफ्नो चाहको मिलावटले जति पटक गर्दा आफुँलाइ सन्तुष्टि मिल्छ त्यति पटक गर्दा राम्रो हुन्छ । त्यसैले शारिरिक आवश्यकता अनुसार नै सेक्स गर्नुको विकल्प छैन । चाह नभै सेक्स गर्ने कुरा भएन । चाह हुँदा हुँदै नगर्दा पनि तनाव हुने र आफ्नो अन्य कार्यमा अबरोध हुन सक्छ । श्रीमान श्रीमति वा प्रेमि प्रेमिकाको बिचमा आत्मियता र प्रेमको लागि पनि नियमित यौन सम्पर्क गर्नु उचित हुन्छ ।

यस बिषयमा भएका धेरै अध्ययन नभए पनि केहि अध्ययनले हप्तामा एक दिन बिराएर वा तिन चोटि सम्म सेक्स गर्नु राम्रो हुने बताइएको थियो । सो अध्ययन अनुसार यसरी हप्तामा तिन चोटि सम्म सेक्स गर्दा सेक्स प्रति लगाव रहिरह्न्छ र सेक्स प्रति वितृष्णा पनि जाग्दैन । यसले यौन आकर्षणलाइ पनि ताजा राख्न सहयोग गर्दछ ।

हाम्रो समाजमा सबैले सेक्स गर्ने भए पनि कसैले पनि कहिल्यै सेक्स गर्दैनन कि जस्तो ब्यबहार गर्ने चलन छ । त्यसैले सेक्स एकान्त र सबै सुतिसकेपछि रातमा गर्ने चलन छ । तर, रातमा भन्दा पनि बिहान सेक्स गर्दा दिन राम्रो हुने सम्भावना रहन्छ । सेक्सपछि मनमा भएका तनाव कम हुन्छन । मान्छेको स्वभाव सजिलो र रमाउने हुन्छ त्यसैले यौन सम्पर्क गर्दा दिन राम्रो हुन सक्छ ।

बिहान गर्ने सेक्सका फाइदाहरु :

  • एकाविहानै सेक्स गरे दिनभरि “मुड फ्रेस” हुनसक्छ ।
  • बिहानको समयमा शरिरमा बढि मात्रामा सेक्स हार्मोन्सको उत्पादन हुने बताइन्छ । त्यसैले होला बिहान उठदा धेरै जसो पुरुषहरुको लिंग ठाडो भइरहेको हुन्छ । यसलाइ अंग्रेजीमा मर्निंग बोनर्स पनि भनिन्छ ।
  • सेक्सले क्यालोरि जलाउन मद्दत गर्ने भए पनि यसले थकाइ लाग्दैन । त्यसैले, यौन पार्टनर दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुन्छ ।
  • विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि गढि हुने बताइन्छ । विहानको सेक्स ब्रेकफाष्ट वा अन्य खानेकुरा नखाइ गर्नु उत्तम हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस !