२९ बैशाख २०८१, शनिबार

आज कति जनालाई लाग्यो त कोरोना ?



काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ९७२ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !