२८ बैशाख २०८१, शुक्रबार

आज कति जनालाई लाग्यो त कोरोना ?



काठमाडौ‌। नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ जनाको पीसीआर परीक्षणमा २७२ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा गरि जम्मा २९९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !