न्यायाधीशहरुको छलफल सुरु
काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ ।
सबै न्यायाधीशहरुको पूर्ण बैठक बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गरी गोला प्रथासम्बन्धी निर्देशिका मस्यौदा गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो । यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी भएको छ ।
फुल कोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उनले हस्ताक्षर गर्ने तयारी रहेको एक न्यायाधीशले जानकारी दिए । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश बाहेक १९ जना न्यायाधीश रहेकामा बिहीबार १८ जना उपस्थित छन् ।