३ पुष २०८१, बुधबार

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलन गर्ने घोषणा



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बैठकमा पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यसअघि कांग्रेसले गत पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !