प्रधानन्यायाधीश राणाले तोके पूर्ण इजलास
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणाले आजलाई ९ इजलास तोकेका छन् ।
आफूबाहेकका इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले ९ इजलासमा २५९ मुद्दाको पेसी चढाएका छन्। प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने बताएका छन् । आफूविरुद्ध आन्दोलन सुरु भए यता राणाले पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् ।
१० नम्बर इजलासका न्यायाधीश द्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।