२९ बैशाख २०८१, शनिबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आज १६.९५ अंकले बढेर  २८०१.५२ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस बैंकको आज ५८ करोड भन्दा बढीको कारोबार भएको छ । आज कारोबार रकममा पनि वृद्धि भएको देखिएको छ । आज नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !