प्रधानन्यायाधीशले राजीनामा नदिए के गर्छ बार ?
काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अबको तीन दिनभित्र अल्टिमेटम दिएको छ। बारले मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको हो।
न्यायालय सुदृढिकरणका लागि राणाले राजीनामा दिनुपर्ने बारको माग छ । बुधबार बार कार्यालय परिसरमा बोल्दै अध्यक्ष श्रेष्ठले मंसिर ३ भित्र राजीनामाको माग गरेका हुन्। राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन हुनेछ।
अध्यक्ष श्रेष्ठले राणाले गरेका विवादस्पद फैसलाबारे पनि बारले अध्ययन गर्ने सुनाए। बारले प्रधानन्यायाधीश राणाविरुद्धको तेस्रो चरणको आन्दोलन सुरु गरिसकेको छ।