२९ बैशाख २०८१, शनिबार

चितवनमा आज कति जनालाई लाग्यो त कोरोना ?



भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा जम्मा तीन जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय निकायको तथ्यांकअनुसार भरतपुर महानगरमा २ र कालिका नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् । चितवनमा हालसम्म संक्रमितको संख्या २६ हजार ८१२ पुगेको छ । हाल होम आइसोलेसनमा २१६ र अस्पतालको आइसोलेसनमा १० जना संक्रमित रहेका छन् ।

चितवनमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने २६ हजार १५७ जना निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस !