९ मंसिर २०८१, आईतवार

प्रधानन्यायाधीशमाथि भौतिक आक्रमणको खतरा



काठमाडौं। प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै तीनसातादेखि सडक संघर्षमा उत्रदै आएको नेपाल बार एशोसियसनको आन्दोलनमा अराजक समुहको घुसपैठ हुने संभावना बढेको छ ।

प्रधानन्याधिश जबराले विधिसम्मत मार्गबाट मात्र निकास दिने र सडक दबाबकै भरमा राजीनामा नदिने अडान दोहोर्याउदै आएपछि आक्रोशित बनेको बारले सर्वोच्च अदालत भित्रै धर्ना सुरु गरेपछि स्थिति तनाबग्रस्त बन्दै गएको छ । अब बारको आन्दोलनमा घुसपैठ भएर थप अराजक हुन सक्ने चिन्ता बढेको छ ।

प्रधानन्याधिश राणाले अदालतभित्र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अदालतभित्र अराजक गतिविधि रोक्ने प्रयाश गर्दै आएका छन । तर बारको आन्दोलन आक्रामक हुदै गएका बेला अराजक समुहले कुनै पनि प्रकारको दुष्कर्म गरेमा भने त्यो अर्को बिडम्वना हुन सक्ने चिन्ता सबैतिर बढेको छ ।
नेपाल बारको आन्दोलनमा अराजक समुहको घुसपैठ भएमा त्यसले बारको गरीमा र विश्वसनीयतामा नै धक्का लगाउने चिन्ता पनि बढेको छ । प्रधानन्याधिश राणाले भने अदालतको सुरक्षा व्यवस्था कडा बनाउदै आएकोले उनी विरुद्धका कुनै पनि प्रकारका आक्रमणका प्रयाशहरु सफल नहुने दाबी गरिएको छ ।

शुक्रवार जस्तै आईतवार पनि प्रधानन्यायधिश वैकल्पिक गेटबाट अदालत जाने संभावना रहेकोले अदालतभित्रै प्रधानन्याधिश जबरामाथि भौतिक आक्रमण, अभद्र व्याहार गर्ने प्रयास हुनेदेखि कालोमोसो दल्नेसम्मको प्रयाश गर्ने संभावना रहेको समाचार स्रोतले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !