नेपाल रेडक्रसको विधान अधिवेशन स्थगित, अधिवेशन स्थलमा तोडफोड
काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशनमा अनधिकृत व्यक्तिहरू प्रवेश गरेर तोडफोड गरेका छन् । बबरमहलको कार्की ब्याक्वेटमा रेडक्रसको विधान अधिवेशन बोलाइएको थियो ।
अधिवेशन सुरू भएपछि रेडक्रसँग असम्बन्धीत व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेर अविधेशन विथोल्ने प्रयास गरेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्षले जानकारी दिए । रेडक्रसको सुधार र परिवर्तनको विपक्षमा रहेको कांग्रेस निकट समूहले अधिवशेनस्थल तोडफोड गरेका हुन् ।
तिमल्सिनालाई भने प्रहरीले सुरक्षा घेरामा राखेको छ । रेडक्रसको सुधारका असन्तुष्ट रहेको कांग्रेसका भिजलान्ते अधिवेशनस्थलमा प्रवेश गरेर टेबुल, कुर्सी तोडफोड गरेका छन् । अहिले अधिवेशन अघि बढाउने सक्ने अवस्था छैन।
अधिवेशनस्थलमा तोडफोड भएपछि आजको लागि रेडक्रसको विधान अविधेशन स्थगित भएको तिमल्सिनाले जानकारी दिए ।