नेपालभर पछिल्लो २४ घण्टामा ४ सय १९ संक्रमित थपिए
काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा ४ सय १९ संक्रमित थपिएका छन् । यो सगैं नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा ७, भोजपुरमा १, मोरङमा १५ र सुनसरीमा ९ जना रहेका छन ।
यसैगरी प्रदेश २ को बारा र महोत्तरीमा १-१ जना थपिएको मन्त्रालयले जनाएको छ।
वाग्मती प्रदेशको काठमाडौंमा मात्र १२४, काभ्रेमा ९, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ५, मकवानपुरमा ४, रामेछापमा ८, ललितपुरमा २५, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा २, तनहुँमा २, पर्वतमा ३, म्याग्दीमा ५, लमजुङमा २, बागुलङमा ५ र स्याङजामा ४ जना संक्रमित थपिएका छन ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ८, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १३, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १४ र रुपन्देहीमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १, दैलेखमा ३ र सुर्खेतमा १ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २२, डडेल्धुरामा १, दार्चुलामा ५, बझाङमा ४ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।