२९ बैशाख २०८१, शनिबार

नेपालमा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ भने ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !