प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश नदिने बारको तयारी
काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन जारी राखेको छ।
बारले आज प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा प्रवेश गर्न नदिने तयारी गरेपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च परिसर भित्र र बाहिर बाक्लोमात्रमा प्रहरी परिचालन गरिएको छ।
कानुन व्यवसायीहरु भने सर्वोच्चको मुल गेट अगाडि धर्ना बसेका छन् । बारबाट पस्ने सर्वोच्चको भित्री गेट बन्द गरिएको छ।