५ जेष्ठ २०८१, शनिबार

नेप्सेमा आज उच्च अंकको गिरावट



काठमाडौं। शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा रोकिएको हो । सेन्सेटिभ इन्डेक्स पनि १०.६३ अंकले घटेर ५०२.१९ विन्दुमा थामिएको छ ।

बिहीबार (आज) २२५ कम्पनीको ७३ हजार ३२८ पटक शेयर कारोबार भएर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँ बराबरको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !