९ मंसिर २०८१, आईतवार

महाधिवेशन स्थलको तयारीमा जुटे एमालेका शीर्ष नेताहरु चितवनमा



चितवन। नेकपा एमालेका शीर्ष नेताहरुले पार्टीको दसौं महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले महाधिबेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गरेका हुन् ।

नेताहरुले उद्घाटनसत्र हुने स्थान नारायणी नदी किनारको निरीक्षण गरेर बन्द सत्र हुने स्थान सौराहा पुगेका छन् । एमालेको दसौैँ महाधिबेशन १०–१२ मंसिरमा हुँदै छ । बन्द सत्र सौराहाको बाघमारामा हुने तय भएको छ । महाधिबेशनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुने छन् ।

महाधिबेशन हुने स्थलको अवलोकनपछि नेताहरु एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई सपथ ग्रहण गराउने कार्यक्रममा सहभागी हुने छन् ।



प्रतिक्रिया दिनुहोस !