९ मंसिर २०८१, आईतवार

प्रचण्ड झन् शक्तिशाली बन्दै



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति सञ्चय बढाउँदै लगेका छन् । उनी झन् झन् शक्तिशाली बन्दैछन् ।

प्रचण्डले माओवादीलाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिलाइ सकेका छन् । अर्थ र ऊर्जा जस्ता मन्त्रालय माओवादीले चलाइरहेको छ । सरकारमा पनि माओवादीको बलियो प्रभाव देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा भएका कतिपय नियुक्ति खारेज भइसकेका छन् । अब संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्ति मात्र बाँकी छ । त्यो पनि खारेज गराउन प्रचण्डले अदालतमा अप्रत्यक्ष रुपमा दबाब बढाउँदै लगेका छन् ।

प्रचण्डले माओवादी ब्युँतिएपछि नेकपा एससँग कार्यगत एकता गरिरहेका छन् । माओवादी र नेकपा एस सँगै चुनाव लड्ने सम्भावना बलियो छ । अर्कोतर्फ, पूर्वमाओवादीलाई मिलाउन प्रचण्ड सक्रिय छन् । त्यसमा बाबुराम भट्टराई, उपेन्द्र यादव, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरणलगायत पूर्वमाओवादी सकारात्मक छन् । नयाँ ढंगले एकता हुनुपर्नेमा उनीहरुले जोड दिइरहेका छन् ।

आगामी चुनावलाई दृष्टिगत गरी प्रचण्डले शक्ति सञ्चय गरिरहेका छन् । उनले महत्वाकांक्षी योजनाका साथ अन्य दलसँग एकता वा गठबन्धन निर्माणको रणनीति बनाएका छन् । जुन सार्वजनिक रुपमा समेत बोलिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !