९ मंसिर २०८१, आईतवार

चितवनमा थपिए २२ जना कोरोना संक्रमित



चितववन। चितवनमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका १६ जना , खैरहनी नगरपालिकाका एक जना, माडी नगरपालिकाका दुई जना , रतन्न्गर नगरपालिकाका दुई जना , कालिका नगरपालिकाका एक गरी जनामा २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आज भरतपुर अस्पतालामा नवलपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ भने भरतपुर अस्पतालबाट सात र चितवन मेडिकल कलेजबाट एक गरी आठ संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

चितवनमा हाल सक्रिय संक्रमितको संख्या २९४ रहेको छ जसमध्ये विभिन्न अस्पतालको आईसोलेसनमा १३ जना र होम आईसोलेसनमा २८१ जना रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !