४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमण दर घट्दै



काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमित सङ्ख्या ३ सय ९० जना थपिएका छन् । कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, देशभर ७ हजार ६ सय ५४ जना कोरोना संक्रमित उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज पिसीआर विधिबाट ३ सय ७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा आज थप ५ जनाको मृत्यु भएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस !