९ मंसिर २०८१, आईतवार

जबराको पक्षमा प्रदर्शन गर्न खोज्नेहरू प्रहरीको हिरासतमा



काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा न्यायापालिका बचाउ भन्दै प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानन्यायाधीशको पक्षमा तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोज्दै नारा लगाएका थिए ।

वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।



प्रतिक्रिया दिनुहोस !