४ जेष्ठ २०८१, शुक्रबार

तिहारमा २१ लाख माला खपत



काठमाडौँ। यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ ।

सयपत्री फूलको माला ६० देखि ८० सम्म र मखमली फूलको माला ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म कारोबार हुँदा १५ करोड रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको हो ।
अघिल्लो वर्ष तिहारमा कारण १६ लाख मालाको कारोबार भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !