३ जेष्ठ २०८१, बिहीबार

महिनावारी रोक्ने औषधि खाँदा देखियो यस्ता समस्याहरु,समयमा नै सचेत बनौं



काठमाडौं। चाड पर्व होस् वा अन्य विशेष समयमा महिलाहरूले महिनावारी रोक्ने औषधि प्रयोग गर्दछन्। विशेषगरी पूजाआजा तथा अन्य समयमा महिलाहरूले चिकित्सकको परामर्शबिना नै औषधि पसलमा गएर आफूखुसी महिनावारी रोक्ने औषधिहरू प्रयोग गरेको पाइन्छ।

यसरी खाइने औषधिहरूले महिनावारी केही दिन पर सार्न मद्दत गरे पनि भविष्यमा महिलाहरूको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने चिकित्सकहरू बनाउछन्। महिनावारी रोक्ने औषधि महिलाहरूको लागि हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको संख्या बढेको पाइन्छ। डाक्टरको सल्लाहबिना महिनावारी सार्ने औषधि प्रयोग गर्दा महिनावारीको समयमा अत्याधिक रक्तश्राव हुने देखि धेरै पटक यस्ता औषधि सेवन गर्दा भविष्यमा पाठेघरको क्यान्सर समेत हुन सक्छ ।

महिनावारी रोक्न खाइने औषधि एक किसिमको हर्मोन भएको कारण यस्तो औषधि खाएर नियमित हुदै आएको महिनावारीलाई रोक्दा महिनावारीको समय गडबढी हुने, अत्याधिक रक्तश्राव हुनुका साथै भविष्यमा पाठेघरको क्यान्सर देखि स्तन क्यान्सर सम्म हुने जोखिम रहन्छ ।

महिनावारी रोक्नको लागि खाइने प्रोजेस्ट्रोन नामक हर्मोन औषधिले तत्कालिन समयमा मोटोपन, पेट दुख्ने, चाया आउने , ग्यास्ट्रिक बढाउने गर्छ भने भविष्यमा पाठेघरको क्यान्सर देखि स्तन क्यान्सर सम्म हुने जोखिम हुन्छ। जसले गर्दा यस्ता औषधि खानु हुदैन ।

हालसम्म यस्तो औषधि महिलाहरूले कति प्रयोग गर्छन भन्ने तथ्यांक नभए पनि चाडपर्वको समयमा यस्ता औषधिहरू धेरै प्रयोग हुने गरेको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस !