२ जेष्ठ २०८१, बुधबार

तिहार लगत्तै ह्वात्तै बढयो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं। तिहार सकिएलगत्तै नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !