९ मंसिर २०८१, आईतवार

चीनले फेरि नेपाललाई दियो १६ लाख खोप



काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज साइनोफार्म खोप सहयोग गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक,पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेका छन् ।

स्वास्थ सचिव रोशन पोखरेल चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकाले धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशाबादी रहेको छन् ।



प्रतिक्रिया दिनुहोस !