४ जेष्ठ २०८१, शुक्रबार

चितवनमा कोरोना : कति जनालाई लाग्यो त !



चितवन। चितवनमा मंगलबार १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

चितवनमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३११ पुगेको छ। सक्रिय संक्रमितमध्ये १७ जना अस्पतालको आइसोलेसन केन्द्रमा छन् । २सय ९४ जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा १८ जना नयाँ संक्रमित थपिँदा १८ जना नै संक्रमणमुक्त भएका छन्।

चितवनमा कोरोना संक्रमितको कूल संख्या भने २६ हजार ६८९ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !