प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले सपथ लिदैं,
काठमाडौं। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज सपथ लिने भएका छन्।
राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ।
मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नुहुने बताइएको छ। मन्त्रीको टुंगो लागिनसके पनि गठबन्धनका सबै दलबाट १–१ जनाले मन्त्रीको सपथ लिने बताइएको छ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो।