९ मंसिर २०८१, आईतवार

भोलि दिउँसो १ बजेसम्म प्रदेश-१ को मुख्यमन्त्रीमा दाबी गर्न पाउने समय



काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारी अनुसार आचार्यको राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

मुख्यमन्त्रीमा राईको दाबी गर्न यसअघि नै उनीहरूले सांसदको हस्ताक्षर संकलन गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !