प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
मोरङ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनु रटुटाउनतर्फ लाग्ने काम अराजनीतक हुने उनको भनाइ थियो । लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्ने पनि उनले बताए ।
यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । भीम आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने ।