१ पुष २०८१, सोमबार

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ।

प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आज पनि सडक संघर्षमा जान दबाब दिने भएको छन् ।

‘चुनावमा जाँदा दुई चार सिट बढी जितिएला भन्ने लोभमा कांग्रेसले ओलीको असंवैधानिक कदमलाई साथ दिन हुन्न, सडक संघर्षमा जानै पर्छ,’ पौडेल पक्षधर एक केन्द्रीय सदस्यले भने ।

तर, सभापति शेरवहादुर देउवा पक्षधर भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै आवश्यक रणनीति बनाउने तयारीमा छ ।

अदालतमा विचाराधिन मुद्दालाई प्रभावित हुने गरी कांग्रेस संघर्षमा नउत्रने र अदालतको आदेशलाई मानेर कांग्रेस अघि बढ्ने देउवाले प्रष्ट्याइसकेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको हो ।

प्रतिनिधिसभा व्यूतिए सरकारमा जाने तथा विघटनलाई नै सदर भए गठबन्धनमा चुनावमा जान देउवा र ओलीबीच समझदारी भएको आशंका पौडेल पक्षको छ ।

सोही आशंकालाई बल पुग्ने गरी देउवा ओलीप्रति नरम बनेको तथा औपचारिकताका लागि मात्र पुस १३ मा विरोध प्रदर्शन गरेको बताइन्छ ।

तत्काल आन्दोलनमा जान देउवाको अनिच्छाले नेकपाको दाहाल(नेपाल खेमाले संयुक्तरूपमा गर्ने भन्नेको सरकारविरूद्ध आन्दोलन पनि अघि बढ्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !