२२ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री भीम आचार्यले दिने भए राजीनामा



 

चितवन । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनमा दिने भएका छन् । आज विश्वासको मत लिने कार्यतालिका रहेपनि मुख्यमन्त्री आचार्यले राजीनामा दिने निर्णय गरेका छन् ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

 



प्रतिक्रिया दिनुहोस !