आन्दोलन चर्किरहँदा जबराले तोके १२ इजलास
काठमाडौँ। राजीनामा मागको बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ इजलास तोकेका छन् । जसमा ४ वटा उनी आफूसहितका एकल इजालस रहेका छन् । उक्त इजालसमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएको बताइएको छ ।
प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरू भने इजलासमा बस्ने नबस्नेबारे निर्क्यौल भएको छैन । बार संम्बद्ध वकिलहरु प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् । त्यस्तै सर्वोच्चकै अधिक न्यायाधीशहरु पनि प्रधानन्यायाधीशको विपक्षमा उभिएका छन् ।
मन्त्रिपरिषदमा भाग खोजेको विषयमा प्रधानन्यायाधीशले चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुले राजीनामा माग गरेका छन् । वकिल र न्यायाधीशहरुको आन्दोलनले इजलास नै प्रभावित भएका हुन् ।