१ जेष्ठ २०८१, मंगलवार

राष्ट्रपतिद्वारा बज्रयानी महाविहारको उद्दघाटन



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी पुगेकी छिन् । आज (आइतबार) लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले नवनिर्माण बज्रयानी महाविहारको उद्दघाटन गरेकी हुन्।

लुम्बिनीमा प्राचीन कलासहितको नेपाली विहार निर्माण गरिएको छ। नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण गरिएको हो।

करिब १६ करोड खर्च भएको विहार एक बिगाह क्षेत्रफलमा निर्माण गरिएको हो। लुम्बिनीमा स्वदेशी लगानीमै बज्रयानी विहार निर्माण भएको यो पहिलो पटक हो।



प्रतिक्रिया दिनुहोस !