९ मंसिर २०८१, आईतवार

कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए कानुन व्यवसायीहरु



काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु भएको छ । उक्त कार्यक्रम ११ बजेसम्म चलिरह्यो। प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको छ । तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस !