९ मंसिर २०८१, आईतवार

राष्ट्रपति भण्डारी ढोरपाटनमा



?????????? ?????????? ??????? ?????? ??????? ?????? 9f]/kf6g cf/If ??????? ? ?????? ?????? ? ???????????? ????????/????

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२:४० बजे ढोरपाटन पुगेकी भण्डारी आरक्ष कार्यालयको निरीक्षणसमेत गरिसकिन् ।

राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गरेकि छिन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !