३ मंसिर २०८१, सोमबार

पनामाको नाइट क्लबमा गोली हानाहान



काठमाडौं। पनामा सिटीको एक नाइट क्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए । जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए।

घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ। प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेका छन् र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस !