४ मंसिर २०८१, मंगलवार

चक्कु प्रहारबाट एक जनाको मृत्यु



काठमाडौं। झगडा गर्दै जाँदा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको हो ।

कैलालीको भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ को अनुप साउदको मृत्यु भएको हो । शुक्रबार राति टिकापुर नगरपालिका–८ कालिमाटी क्षेत्रमा यी दुईबीच समान्य विवादका क्रममा किरण साउदले अनुप साउदलाई चक्कु प्रहार गरेका थिए।

घाइते अनुपको उपचार क्रममा टीकापुर अस्पतालम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न किरण साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !