३ मंसिर २०८१, सोमबार

विदेशबाट फर्किएका पुरुष काठमाडौं विमानस्थलमै लुटिए



काठमाडौं। विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी बिहीबार राती लुटिएका हुन् । उनी कतारबाट फर्केका थिए । चौधरीलाई ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन् ।

कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटिएको हो ।

महानगरीय प्रहरी काठमाडौंको अनुसार चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले लुटपाट गरेका हुन् । मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लुटमा संलग्नहरूको खोजबिन भइरहेको प्रहरीले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !