३ मंसिर २०८१, सोमबार

प्रधानन्यायाधीशले तोके ८ इजलास



काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार आफूसहित ८ वटा इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले दीपककुमार कार्की र प्रकाशसिंह राउत, मीरा खडका र सुष्मलता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान, हरिप्रसाद फुयाल, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा र चोलेन्द्रशमशेर जबरा र कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।

त्यसैगरी आनन्दमोहन भट्टराईको एकल इजलास तोकिएको छ । मंगलबारबाट प्रधानन्यायाधीश जबराले न्यायपालिकाका नेतृत्व गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका इजलासमा अनुपस्थित हुँदै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !