९ मंसिर २०८१, आईतवार

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त



काठमार्डौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन्। अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख बुधबार २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखले दिएको समयसीमामा गठबन्धनका तर्फबाट पाण्डेको एकल दाबेदारी पेस भएको थियो।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन्। पाण्डेले ५९ जना प्रदेश सभा सदस्य (सांसद)को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस !