९ मंसिर २०८१, आईतवार

आज चितवनमा कति जनालाई लाग्यो त कोरोना ?



चितवन। मंगलबार चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २७१ भएको छ।

सोमबारको तुलनामा मंगलबार २५ जना सक्रिय संक्रमित बढी हो। मंगलबार एकैदिन ३३ जना नयाँ संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या बढेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। चितवनमा मंगलबार जम्मा २४६ जनामात्रै सक्रिय संक्रमित थिए।

मंगलबार ३३ जना नयाँ संक्रमित थपिए पनि संक्रमणमुक्त हुनेको संख्या भने जम्मा आठमात्रै रहेको हुँदा सक्रिय संक्रमितको संख्या बढी हुन आएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले जानकारी दिए। मंगलबार देखिएका ३३ जना नयाँ संक्रमितमध्ये भरतपुरका मात्रै ३१ जना, माडी र रत्ननगरका एक र एक जना रहेको उनले बताए।

चितवनका अस्पतालबाट मंगलबार १४ जना कोरोना संक्रमित डिस्चार्ज पाएर घर फर्किएका छन्। भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचाररत सात र सात जना कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !