९ मंसिर २०८१, आईतवार

चितवनका युवा लागे पुष्प व्यवसायतर्फ



चितवन। पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा चितवनका युवाको आकर्षण छ । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गरेका छन् ।

कृर्षि अध्ययन गरेका यादव र इञ्जीनियरीङ  पढेका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लागेका छन्। सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गरेका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन् । भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उनीहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गरेका छन् ।

यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रा लि नाम दिएर उनीहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छा् । एक सय बिरुवाबाट सुरुआतीमा रु. १० हजार नाफा भएको थियो । त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा सयपत्री खेती गरेका हन् ।

दोस्रो वर्षमा रु. एक लाख र तेस्रो वर्षमा रु दुई लाख नाफा भएपछि उनीहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताउए । सयपत्री फूल चार महिनामात्रै व्यापार हुन्छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ ।

विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गरेका छन् । अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको छ । चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो । एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताए ।

जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुन्छ । अन्य छिमेकी जिल्लाबाट पनि आउने गर्छ। आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको छ । अहिले बजारमा मालाको मूल्य रु. ८० र एक किलो फूलको रु. २५० भन्दामाथि नजाने । अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् ।

 



प्रतिक्रिया दिनुहोस !