अहिले विश्वभर भाइरल बाँदर
लुसाका। एउटा बयस्क चितुवाले बाँदरको टाउको निल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खुवाउँछिन भनेर मृत शरिरमा झुन्डिएको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दुर्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।
सो ह्दयविदारक क्षणलाई बन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कैद गरेका थिए । चितुवाले सुरुमा आमालाई झम्टिएपछि बच्चा पनि सँगै झुन्डिएको थियो । आमालाई खाएपछि चितुवाले बच्चालाई पनि मारेको थियो ।
घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ ।
आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चितुवाहरुले खाइदिन्छन् ।
‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रुर वास्तविकता देखाउछ,’ सो दुर्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँच्नका लागि जनाबरहरु अरुका लागि मर्नु पर्छ ।’