२१ बैशाख २०८१, शुक्रबार

पतिका यी बानीहरुबाट झनकै रिसाउने गर्छन् पत्निहरु



एजेन्सी। बिवाहका बारेमा संसारभर धेरै राम्रा कथाहरु छन् । मानिस सामाजिक प्राणी भएको केहि समय पछि नै बैवाहिक व्यवस्था कायम भएको हो । यसलाई धेरैले दैविक मान्ने गर्छन् तर बिवाह उपहार मात्रै पनि होइन, बिवाह एक सम्झौता पनि हो । बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा,युवतीले पति,पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । जीवनभर साथ दिनुपर्छ । पारिवारिक दायित्व बाँड्नुपर्छ । बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं । तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको अगाडि खराब छबि बनाउन पुग्छन् । त्यस्ता के कारण हुनसक्छ, जसले पत्नीको मन दुख्छ वा उनीहरुमा आक्रोस पैदा गर्छ ?

1. कुरा शेयर नगर्ने : कति यस्ता पति हुन्छन्, जो आफ्नो पत्नीसँग कुनैपनि कुरा शेयर गर्दैनन् । यदि तपाईको पनि यस्तै बानी छ भने, त्यो गलत हो । आफ्नो हरेक कुरा पत्नीलाई शेयर गर्नुपर्छ । यसले शंका,उपशंकाको अवस्था आउन दिदैन । अवस्था कस्तो पनि बन्छ भने कहिलेकाँही व्यवहार बिग्रिन्छ । जस्तै स् घरमा रिन होला अनि पत्नीलाई भनेर किन टेन्सन दिनु भनेर भनिदैन । हुन त त्यो कुरा पत्नीको माया गरेर गरिएको हुन्छ तर पत्नीलाई त्यो कुरा थाहा हुदैन अनि उल्टो कुरा लुकायो भनेर सम्बन्धमा नै दरार आउँछ । अवस्था यस्तो बनिसकेको हुन्छ कि तपाईले त्यो बारेमा त्यसपछि पनि भन्न सक्नु हुन्न । यसैले यस्तो जटिलतामा पुग्नु भन्दा पहिले सबै कुरा बताएमा सजिलो हुन्छ ।

2. पत्नीलाई अरुसँग तुलना गर्नु : मानिसको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । सबै मानिसहरु कुनै न कुनै कुरामा अरु भन्दा अब्बल हुन्छन् भने धेरै कुरामा अरु भन्दा कम हुन्छन् । कुनै पनि मानिसको कुन पाटो हेर्ने भन्ने आफ्नो कुरा हो । यदि तपाईले कसैको राम्रो कुरा हेर्नु हुन्छ र प्रोत्साहन गर्नु हुन्छ भने त्यो मानिस त्यो पक्षमा झन् बलियो र सिपालु हुदै जान्छ तर, कति पतिले आफ्नी पत्निलाई अरुसँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् । यसले पत्नीको आत्मासम्मानमा ठेस पुग्छ । पतिको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ । यसको वेफाइदा आखिरमा पत्नीलाई मात्रै पर्ने होइन, पतिलाई पनि पर्छ । आखिर जिन्दगी बिताउनु पर्ने सँगै हो र एकले अर्काको परिणाम पनि भोग्नै पर्छ ।

3.आफ्नै मर्जी अनुसार सबै काम गर्ने : पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपय पति जुनसुकै काम आफ्नो निर्णयमा गर्छन् । अरुको सल्लाह उचित ठान्दैनन् । पतिको यस्तो व्यवहारले पनि पत्नीको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ । जस्तो पति कुनै जानकारी बिना साथीलाई घरमा ल्याएर आउन सक्छन्, बाहिरै बस्न सक्छन् । यस्तो बेला पत्नी रिसाउनु स्वभाविक हो ।

4. आदेश दिने : आफु सोफामा बसेर पत्नीमाथि आदेश लाद्ने पति पनि ठीक होइनन् । पत्नीलाई काम अह्राएर बस्ने, गुनासो गर्ने पतिले बिस्तारै पत्नीको माया र विश्वास गुमाउनु पर्छ । भनाइ पनि छ, पति पत्नी एक रथका दुई पाङ्ग्रा हुन् । उनीहरुको गति समान र एकै दिशामा भयो भने मात्रै घर गृहस्थी चल्छ । यदि त्यसो भएन भने दुर्घटना हुन्छ, रथ भत्किन्छ । रथ भत्किनुको अर्थ घर गृहस्थी भत्किनु हो । यसैले समान हो भन्ने मान्नु ठुलो अर्थ हुन्छ । समान हुने भए पछि एउटाले आदेश मात्रै दिने र अर्को चै नोकर जस्तो कामै मात्रै गरिरहने परिपाटी हुनु गलत हो । यसले कसैको पनि भलो गर्दैन ।

5. साथीसंगत भन्दै कुदिराख्ने : पतिको यो व्यवहारले पत्नीलाई धेरै नै तनाव दिने गर्छ । उनीहरु मान्छन् कि पतिले चाहिने भन्दा बढि आफ्नो साथी र संगतसँग समय बिताउँछ । उनीहरु पतिको यो व्यवहारले आफु घरमा खटिनु परेको र आफ्नो समय खोसिएको महसुस गर्छन् । यसैले पतिले यो बारेमा पनि ध्यान दिनु पर्छ । को साथी कस्ता साथी भन्ने जानकारी दिनु पर्छ नत्र अनावश्यक शंका हुने गदछ । यसले दुवै जनालाई समस्यामा पार्छ ।



प्रतिक्रिया दिनुहोस !