चितवनमा थपिए २७ संक्रमित
भरतपुर। चितवनमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ४९३ जनाको परीक्षण गर्दा २७ जनामा संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा पाँच जना मात्रै संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । संक्रमितको मृत्यु भने भएको छैन । जिल्लामा शुक्रबारसम्म २६६ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये २३२ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३४ जना संक्रमित अस्पताल आइसोलेसनमा छन् । भरतपुर महानगरपालिकामा मात्रै २१६ जना सक्रिय संक्रमित छन् ।